अभिनेता रसलाई किर्तिमानसहितको क्षतिपुर्ति

प्रकाशित मिति:

सिडनी,(एजेनसी)  अपमानको कारण अहिले सम्म अष्ट्रिेलियाकै इतिहासमा सबैभन्दा ठूलो धनराशि क्षतिपुर्ति वापत पाउने जियोफ्री रस पहिलो अभिनेता भएका छन् । अष्ट्रेलियाको दैनिक अखवार टेलिग्राफ प्रकासन गर्दै आएको नेसनवाइड न्युज विरुद्धको मुद्धा जितेपछि गत महिना ओस्कार पुरुस्कार विजयी रसले १९ लाख ९० हजार अमेरिकी डलर क्षतिपुर्ति वापत प्राप्त गरेका थिए ।

सिडनीबाट प्रकासित हुने सो अखवारले उनले पुर्व सह अभिनेत्री एरिन जिन नोर्भिलमाथि गलत व्यवहार गरेको भन्दै धारावाहिक समाचार प्रकासित गरेको थियो । यसैगरी न्यायधिश माइकल विग्नीले अभिनेत्री नोर्भिलले घटनालाई अनावशयक रुपमा बढाइचढाई गरेको आरोप लगाएका छन् ।

रसले मुद्धा निर्णायक विन्दुमा पुग्दा आफु विरुद्धको आरोप सम्बन्धी समाचारहरु टेलिग्रसाफलाई पुन प्रकासित गर्न नदिने प्रयास गरेका थिए । नेसनवाइड न्युजले अदालतको यस निर्णय विरुद्ध अपिल गर्ने जनाएको छ । सन् २०१५ को मितिमा टेलिग्राफले ‘ किंग लियर ’ शिर्षकमा यस आरोप सम्बन्धमा लेख छापेको थियो । किंग लियरको सो थियटर प्रडक्सनमा रसले नोर्भिलसंग काम गरेका थिए ।  अष्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेसनले रसले शुरुमा २५ लाख डलर माग गरेको जनाएको छ । याल स्टोन नामक अर्की एक अभिनेत्री पनि रसले आफुमाथि दुव्र्यहार गरेको आरोप लगाएकी थिइन् । तर रसले यो आरोप पनि ठाडै अस्विकार गरेका छन् ।