किमो उपचारपछि सोनालीको कपाल झर्यो

प्रकाशित मिति:

अमेरिकामा हाइ ग्रेड क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले आफ्नो नयाँ तस्वीर सार्वजनिक गरेकी छन् । यो तस्वीर उनका फ्यानहरुलाई झसङ्ग बनाउने खालको छ ।

तस्वीरमा सोनालीको टाउको पूरै मुडुलो देखिन्छ । केही दिनअघि उनले सैलुनमा पुगेर कपाल छोट्याएकी थिइन् । अहिले सम्भवतः किमो लिइरहेको कारणले उनको छोटो कपाल पनि सबै झरेको हुनुपर्छ ।

सोनालीको अनुहारमा मुस्कान भने टुटेको छैन । तस्वीरमा उनी खुशी नै देखिन्छन् ।