८ हजारका लागि खुल्याे लोकसेवा ! (कार्यतालिकासहित)

प्रकाशित मिति:

काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी बाधा अड्काउ फुकाएसँगै आयोगले बिहीबार जेठको तेस्रो बुधबार विज्ञापन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले तालिका सार्वजनिक गर्दै विज्ञापन–सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिसको मितिसमेत तोकेको छ । कार्यतालिकाअनुसार चौथो, पाँचौँ, छैटौँ र नवौँ तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ ।

असोज–कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक–मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ । त्यसैगरी, प्राविधिक पदको लिखित परीक्षा साउन–भदौमा सञ्चालन हुनेछ । भदौमा नतिजा प्रकाशन हुने तथा भदौ–असोजमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगले जानकारी गराएको छ । त्यस्तै लोकसेवा आयोगले यही जेठ १५ गते ८ हजारको संख्यामा कर्मचारी माग गर्दैछ ।