भलिबल खेलाडीका लागि खुशिको खबर,, अब नेपालमै भलिबलको लेभल टू कोचिङ कोर्स सुरु

प्रकाशित मिति:

नेपालमा पहिलोपटक भलिबलको लेभल टू कोचिङ कोर्स सुरु भएको छ । नेपालमा लेभर टू कोर्स पूरा गरेका प्रशिक्षक अहिलेसम्म जम्मा पाँच जना छन् । भलिबल संघका महासचिव जितेन्द्र चन्दले कोर्स पूरा गर्न बिदेश जाँदा महंगो पर्ने भएकाले अन्तर्राष्ट्रिय भलिबल संघसंगको सहकार्यमा मुलुकमै पहिलो पटक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।