यी २३ खाना जसले शरीरलाई स्वस्थ बनाउँछ

प्रकाशित मिति:

एजेन्सी –  स्वस्थ खाननाले हाम्रो शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ शरीर भयो भने हाम्रो मस्तिष्क पनि स्वस्थ हुन्छ । स्वस्थ मस्तिष्कले गरिने निर्णयहरु सफल पनि हुन्छन् । त्यसैले शरीरलाई फाइदा हुने खालको खानाहरु खानु उपयुक्त हुन्छ । शरीरलाई फाइदा हुने खानाहरु निम्न रहेका छन् :

१. स्याउः स्याउमा फाइबर र भिटामिन सी पाइन्छ । जसले शरीरलाई प्रत्यक्ष फाइदा गर्दछ । दिनको एउटा स्याउ डाक्टर भगाउ भन्ने भनाई नै छ ।

२. एभोकाडोः अरु फलफूूलभन्दा एभोकाडोमा धेरै पौष्टिक आहार पाइन्छ । यसमा कार्बोहाइड्रेट कम फ्याट ज्यादा हुुन्छ । यसैगरी यसमा फाइबर , पोटासियम अनि भिटामिन सी पनि पाइन्छ । खानलाई पनि निकै नै स्वादिलो हुुन्छ ।

३. केराः केरा पोटासियमको सर्वोत्तम स्रोत हो । यसैगरी केरामा भिटामिन बी र फाइबर पनि पाइन्छ ।

४. सुन्तलाः सुन्तलामा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ , यति मात्र होइन फाइबर पनि अधिक मात्रामा नै पाइन्छ ।

५ अनारः अनारमा फाइबर, प्रोटिन, भिटामिन सी र भिटामिन के पाइन्छ । अनारमा रोग लाग्न नदिने अवयवहरु पनि पाइन्छन् ।

६ अङ्गुरः अङ्गुरमा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । यसैगरी भिटामिन ए भिटामिन सी, भिटामिन बी र सिक्स पनि पाइन्छ ।

७ स्ट्रबेरीः स्ट्रबेरीमा पोषण तत्व धेरै र कार्बोहाइड्रेट अनि क्यालोरी कम पाइन्छ । यसैगरी भिटामिन सी र फाइबर पनि प्राप्त हुुन्छ । खाँदा पनि स्वादिलो नै हुुन्छ ।

८. अण्डाः अण्डामा प्रशस्तै कोलेस्ट्रोल पाइन्छ । बीचमा अण्डाको पहेँलो भागमा धेरै कोलेस्ट्रोल पाइन्छ, खानु हुँदैन भने पनि नयाँ अध्ययनले भने केही पनि नहुने बताएको छ ।

९. मासुः विशेष गरी कुखुराको र खशीको मासु शरीरलाई फाइदा गर्छ । कुखुराको मासुमा पनि विशेष गरी छातीको मासु राम्रो हुुन्छ । छातीको मासुमा फ्याट र क्यालोरी कम तर प्रोटिन भने अधिक मात्रामा पाइन्छ ।

१०. माछाः माछा पोषण तत्वले भरिएको हुन्छ । माछालाई मासुभन्दा धेरै गुणा राम्रो मानिन्छ । समुन्द्रमा पाइने जीवहरु खाने मान्छेहरु अरुभन्दा धेरै बाँच्ने र रोग नलाग्ने एक अध्ययनले बताएको छ ।

११. काजुः काजुमा कोलेस्ट्रोरोल हुँदैन । यसका फ्याट, प्रोटिन, भिटामिन बी सिक्सका साथै आइरन पोटासियम पनि पाइन्छ ।

१२. बदामः बदाम सजिलै उपलब्ध हुन्छ । यसमा फ्याट प्रोटिन आइरन म्याग्नेसियम क्याल्सियम सोडियम पाइन्छ । बदाममा कोलेस्ट्रोलको मात्रा हुँदैन ।

१३. ब्रोकाउलीः ब्रोकाउली भिटामिन सी, भिटामिन के र फाइबरको राम्रो स्रोत हो । यसै गरी अरु तरकारीको तुलनामा यसमा प्रोटिन पनि बढी पाइन्छ ।

१४. फुलगोभीः फुलगोभीमा फ्याट् र कोलेस्ट्रोरोल पाइँदैन । सोडियम पोटासियम र भिटामिन सी, भिटामिन बी र सिक्स पाइन्छ । प्रोटिन भने निकै नै कम मात्रामा पाइन्छ ।

१५. गाँजरः गाँजरमा भिटामिन के र फाइबर पाइन्छ । यसैगरी जमिनमुनिको निकै नै स्वादिलो तरकारीको रुपमा गाँजरलाई लिने गरिन्छ ।

१६. काक्रोः काक्रो विश्वकै प्रशिद्ध तरकारी हो । यसमा कार्बोहाइड्रेट र क्यालोरी निकै नै कम र पानीको मात्रा निकै पाइन्छ । यसैगरी काक्रोमा भिटामिन सी लगायतका अन्य पोषण तत्वहरु पाइन्छ ।

१७. लसुनः लसुनले शरीरको रोग प्रतिरक्षात्मक क्षमतामा वृद्धि गर्छ । दिनको तीन केसरा लसुन खानाले शरीरलाई कुनै हानी हुन दिँदैन ।

१८. प्याजः प्याज अनेक रेसिपीमा प्रयोग हुन्छ । यसमा अनेक तत्वहरु पाइन्छन् । जसले शरीरमा फाइदा नै गर्छ ।

१९. टमाटरः टमाटर तरकारीको सूचीमा परे पनि खासमा फलफूलमा पर्दछ । टमाटरमा भिटामिन सी र पोटासियम प्रशस्त मात्रामा पाइन्छ ।

२०. आलुः आलु विश्वकै प्रचलित खानामध्येमा पर्दछ । आलुमा पोटासियम प्रशस्त मात्रामा पाइनुको साथै भिटामिन सी पनि पाइन्छ ।

२१. खैरो चामलः खैरो चामलमा भिटामिन बी वान फाइबर र म्याग्नेसियम पाइन्छ । यसका साथै अरु पोषण तत्वहरु पनि पाइन्छ ।

२२. नरिवलको तेलः नरिवलको तेलमा अनेक फ्याट्टी एसिडहरु पाइन्छ । यति मात्र नभई नरिवलको तेलमा बेली फ्याट घटाउन पनि मद्दत गर्दछ ।

२३. दुधः दुधमा भिटामिन, खनिज पदार्थ र पोषण तत्व पाइन्छ । यसैगरीमा दुधमा क्याल्सियम पनि प्रशस्त मात्रामा पाइन्छ ।