भागी विवाह काण्ड : वडाध्यक्षको टाउको फुटाइयो

प्रकाशित मिति:

कैलाली  – कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकबजारमा भागी विवाहको विवाद मिलाउँदा झडप भएको छ । १५ वर्षीय किशोर र १४ वर्षीया किशोरीले भागेर विवाह गर्न खोज्दा केटा पक्षले प्रहरीलाई गुहारेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा परी पुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्याल सहित तीन जना घाइते भएका छन् ।

बिहीवार वडा नम्बर ११ का १५ वर्षीय रोमन विक र १४ वर्षीय पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उत्पन्न विवाद मिलाउन प्रहरीले दुवै पक्षलाई प्रहरी चौकी पचकडीयामा बोलाएर केटालाई घर परिवारको जिम्मा लगाएको थियो । तर, केटी पक्षको कोही नआएको भन्दै इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले पुष्पालाई इलाकामा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए ।

घटनाको बिरोधमा स्थानीयले प्रहरी चौकीमा तोडफोड र टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरी चौकी डोके बजारमा गए राती ११ बजे स्थानियको बिवाद सुल्झाउन पुगेका वडा अध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरेपछि हिजै राती नै स्थानीयले बिरोध प्रदर्शन गरेका थिए । बिरोधमा उत्रिएका स्थानियले धनगढी बेलौरी हुलाकीमार्गमा आवागमन ठप्प पारेका छन् । प्रहरीनिरिक्षक कर्ण बहादुर बमको आदेशमा आफु माथी हातपात भएको वडाध्यक्ष तुलसी अर्यालले आरोप लगाए ।