जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुटवल -राष्ट्रिय निजि तथा आवसिय बिद्यालय संगठन (एन प्याब्सन) रुपन्देहीद्धारा आयोजित जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सैनामैनामा सम्पन्न भएको छ । सिनियरतर्फ ‘१० वर्ष पछिको रुपन्देही’ शिर्षकमा गराईएको चित्रकला प्रतियोगीतामा ग्लोरी बोडिङ् स्कुल बुटवलकी रिया जैसवाल प्रथम,ग्यालेक्सी बोडिङ् स्कुल सैनामैनाकी पुजा राना द्धितीय,सुनगाभा पब्लिक स्कुल सैनामैनाका शिशिर ज्ञवाली तृतिय र सगरमाथा बोडिङ् स्कुलकी अनुराधा पाण्डे सान्तवना भईन् ।

त्यस्तै जुनियरतर्फ हाम्रो स्वच्छ पर्यावरण भन्ने शिर्षकमा ग्लोरी बोडिङ् स्कुल बुटवलका युजिन थापा प्रथम,स्कर्लस होम बोडिङ् स्कुल बुटवलकी आकृति श्रेष्ठ द्धितीय,सगरमाथा बोडिङ स्कुलका उदिप पाण्डे तृतिय र न्यु नमुना बोडिङ् स्कुलकी बबिका रेश्मी सान्तवना हुन सफल भईन् । विजयी विद्यार्थीहरुलाई नगद,प्रमाण तथा विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो । विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै एन प्याब्सनका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण पौडेलले विद्यार्थीहरुमा सिर्जनशिलताको विकाश गराउने उद्धेश्यले राखिएको चित्रकला प्रतियोगिता प्रंशसनीय रहेको बताउँदै बहुआयमिकताको विकाशमा टेवा पुर्याउन विद्यालयहरुले यस्ता खालका प्रतियोतिाहरु आयोजना गर्नुपर्ने बताए ।

प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गर्न महत्वपुर्ण भुमिका खेल्ने कार्यक्रमका विशिष्ठ अतिथी एनप्याब्सन प्रदेश नं ५ का उपाध्यक्ष बिष्णु पौडेलले बताए । ग्यालेक्सी बोडिङ् स्कुलका प्रधानाध्यापक एवम् कार्यक्रमका संयोजक प्रकाश भट्टराईले विद्यार्थीहरुलाई शैक्षिक गतिविधिमा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत सहभागि गराउनुपर्ने बताए । कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष देउ प्रकाश राई,जिल्ला उपाध्यक्ष तिलब के.सी लगातले बोलेका थिए । कार्यक्रमको संयोजन सैनामैना ४ आर्दशपथ स्थित ग्यालेक्सी बोडिङ् स्कुलको रहेको थियो भने कार्यक्रमको संचालन एनप्याब्सनका सचिव जेबी क्षेत्रीले गरेका थिए । प्रतियोगितामा जिल्लाभरीबाट ३४ जना विद्यार्थीहरु सहभागि भएका थिए ।