हिमाल आरोहीको मृत्यु

प्रकाशित मिति:

सोलुखुम्बु । सगरमाथा आरोहरणबाट फर्किएका चर्चित माउन्टेन गाइड ध्रुव विष्ट आज आरोहीको मृत्यु भएको छ । त्यस्तै अर्का माउन्टेन गाइड निमा तेन्जिङ शेर्पाको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।

विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको बताइएको छ । सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका विष्टलाई तलतिर ल्याउने क्रममा स्वास्थ्य झन् कमजोर बन्दै गएपछि उनको आधारशिविरमा मृत्यु भएको थियो ।

मकालु हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा शेर्पा विरामी भएकापछि मृत्यु भएको बताइएको छ । शेर्पा र विष्टको मृत्युपछि यसवर्ष ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ ।