रावण र दुर्योधनका पत्नीले पति मरेपछि गरे अनौठो काम

१० जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
189 Shares


एजेन्सी -हिन्दूहरूको पवित्र ग्रन्थ रामायण र महाभारतमा धर्म र मुक्तिको कुरा मात्र नभई त्तकालीन सामाजिक व्यवस्थाको जानकारी पनि पाइन्छ ।यी ग्रन्थमा नायिकाहरूलाई पतिव्रता देखाइएको छ भने खलनायकका पत्नीहरूको बारेमा अनौठो कुरा लेखिएको छ । विशेषगरी रावण र दुर्योधनका पत्नीले पतिको मृत्युपछि गरेको कामका बारेमा थाहा पाएर तपाईं तीनछक्क पर्नुहुनेछ ।

रावणकी पत्नी मन्दोदरीलाई आफ्नो पतिले सीतालाई अपहरण गरेर ल्याएको थाहा भएपछि निकै दुःख लाग्यो । उनले रावणलाई सम्झाइबुझाइ गरेर सीतालाई रामसमक्ष सुम्पिन विनती गरिन् । तर रावणले मन्दोदरीको कुरै सुनेनन् र रामसँग युद्ध गर्न तयार भए । रावणका भाइ विभीषण रामको शरणमा गए । त्यसैले रावणको कुलमा उनी मात्र बाँचे ।युद्धको अन्तिम चरणमा रावण मृत्युशय्यामा पल्टेका थिए । त्यतिखेर उनले मन्दोदरीलाई म मरेपछि तिम्रो दुर्दशा नहोस्, भाइ विभीषणसँग विवाह गर भने । पतिव्रता भएका कारण मन्दोदरीले रावणको आज्ञा मानिन् र देवरसँग विवाह गर्न तयार भइन् । यसरी रावणको मृत्युपछि मन्दोदरी लंकाकी महारानी भइरहिन् ।

रामायणमा पतिको मृत्युपछि देवरसँग बिहेको गरेको अर्को घटना पनि छ । विभीषण र मन्दोदरीभन्दा अघि बालीकी पत्नी ताराले पनि यसै गरेकी थिइन् । रामले बालीको वध गरेपछि बालीले पनि ताराको सुरक्षाका लागि उनलाई भाइ सुग्रीवलाई सुम्पेका थिए । मृत्युशय्यामा पल्टेका बालीले पत्नीको हात सुग्रीवको हातमा राखे ।राजा चन्द्रवर्माकी छोरी भानुमती स्वर्गका अप्सराहरूभन्दा पनि सुन्दरी थिइन् । राजाले आफ्नी छोरीका लागि सुयोग्य वर प्राप्त गर्न स्वयंवर राखे । त्यहाँ दुर्योधन र कर्ण पनि आएका थिए । भानुमतीलाई देखेर दुर्योधनले उनैसँग विवाह गर्ने ठाने ।स्वयंवरमा वरमाला लिएर गएकी भानुमतीले दुर्योधनलाई वास्ता गरिनन् । दुर्योधन रिसाए र जबर्जस्ती वरमाला आफ्नो गलामा हाले । त्यहाँ पुगेका अन्य राजाले यसको विरोध गर्दा उनले सबैलाई युद्धको चेतावनी दिए ।चुनौती स्वीकार गर्ने राजालाई दुर्योधनले कर्णसँग भिडाए । कर्णले सबैलाई हराइदिए । दुर्योधनले यसरी जबर्जस्ती भानुमतीसँग विवाह गरे । तर भानुमती कर्णको वीरताबाट प्रभावित भएर उनलाई मनमनै चाहन्थिन् ।महाभारतको युद्धमा कर्ण र दुर्योधन दुवै मरे । अर्नुनका पुत्र अभिमन्युले भानुमतीका छोरा लक्ष्मणको वध गरे । तर महाभारत युद्ध समाप्त भएपछि भानुमती पाण्डवहरूसँग रिसाइनन् र अर्जुनसँग विवाह गर्न स्वीकार गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद