कांग्रेस महामन्त्री खड्काले आफुले खाएको थाल आफैंले माझे

प्रकाशित मिति:

भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ ।  नेपाली काँग्रे भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना खाँदै उक्त दिवस मनाईएको हो ।  विपी कोइरालाले २००९ साल जेष्ठ १० गते देखि थालनी गरिएको उक्त कार्यक्रम अनुसार नै शुक्रबार भक्तपुर काँग्रेसले दलित बस्तिमा सवै जात जातीका एकै स्थानमा भेला भएर एकै भान्सामा खाना खाँदै सहभोजको आयोजना गरेको हो ।

नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णवहादुर खड्काले विपीले थालनी गर्नु भएको आजको दिनलाई निरन्तरता दिदै सवै विच समता एवं भाईचाराको लागि नै सहभोजको आयोजना गरिएको जानकारी दिए । समाज खवर वाट