जीपि कोईराला स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा भलीवल प्रतियोगीता

प्रकाशित मिति:

बुटवल । जीपि कोईराला स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा बुटवलमा नगर स्तरीय अन्तर माध्यमिक बिद्यालय छात्रा भलिवल प्रतियोगिता भएको छ ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा शुक्रबारदेखि सुरु भएको उक्त प्रतियोगितामा बुटवलका ८ वटा माबिका ८ टिम सहभागि छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले पार्टी र देशकालागि ठूलो योगदान पु¥याएका नेताको नाममा सञ्चालन गरिएको यो प्रतियोगिताको निरन्तरताले गीरिजाप्रसाद कोईराला र उहाँको योगदानलाई जिवन्त बनाउने विश्वास व्यक्त गरे ।बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पूर्वप्रधानमन्त्री गीरिजाप्रसाद कोईरालाले मुलुकमा शान्ति स्थापनाकालागि ठूलो योगदान गरेकाले उहाँको सम्मान र खेलको निरन्तरताकालागि नगरपालिकाले सहयोग गर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले सामाजिक जनउत्तरदायि भुमीका निभाउन हरेक बर्ष छात्रा भलिबल प्रतियोगीता गरीदै आएको बताए ।प्रतियोगिताको विजेतालाई १० हजार,द्वितीयलाइ साढे ७ हजार र तृतीयलाई ५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक बालकुमारी भण्डारीले बताइन । कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्याल, महासमिति सदस्य युवराज गिरी,नगर सभापति खेलराज पाण्डे, खेलकुद बिकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ्, प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठ, बिमलराज भट्टराई, परमानन्द भट्टराई लगायतले शुभकामना व्यक्त गरे । शुक्रबार प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानोदय माविलाइ सोझो सेटमा हराउदै एभरेष्ट बोडिगं स्कुल बिजयी भयो । होराइजन बोडिग स्कुल र लुम्बिनी बोडिग स्कुल बिचको खेलमा होराइजनले पनि सोझो सेटमै जित निकाल्यो । त्यस्तै दिप बोडिगं स्कुलले पनि तिनाउ माविलाइ सोझो सेटमा हरायो ।

कान्ति मावि उसको प्रतिश्पर्धी नया गाँउ मावि अनुपस्थित भएकाले वाक ओभरमा बिजयी भयो । दोश्रो चरणको खेलमा कान्ति माविलाइ हराउदै एभरेष्ट बोडिग स्कल फाइनलमा प्रवेश गरेको छ । होराइजनलाइ हराउदै दिप बोडिग स्कुल फाइनमा प्रवेस गरयो ।शनिबार तेश्रो स्थानकालागि होराइजन बोडिग र कान्ति मावि बिच प्रतिश्पर्धा हुनेछ । उपाधीकालागि दिप र एभरेष्ट भिडने राष्ट्रिय भलीबल रेफ्रिी रामबहादुर थापाले बताए ।