रुपन्देहीमा लागु औषध सहीत १ जना पक्राउ

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा ठुलो परिमाणमा लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन । तिलोत्तमा नगरपालिका ७ भलवाडीबाट रुपन्देहीको मायादेवि गाउपालिका वडा नम्बर ६ का ३७ बर्षिय ईन्द्रमणि सौरैया मल्लाह ठुलो परिमाणमा लागु औषध सहित पक्राउ परेका हुन ।

मल्लाह तिलोत्तमाको भलवाडीबाट हिजो साझ साढे ८ बजे मल्लाह लु १४ प ३६३९ को मोटरसाइकल सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिल बहादुर मल्लले बताए ।

भलवाडीमा फेला परेका मल्लाहमाथि शंकालागि उनले बोकेको झोलामा खानतलासि गर्दा २ मिलिलिटरका नुफिन ४ सय ५० थान, फेनरागन ४ सय ५०, सेरिज्याक ४ सय ५० एम्पुल्स, नाइट्राभेट ४ सय ५० ट्याब्लेट, बरामद गरिएको प्रहरीले जनाएको छ ।