‘मन्द मन्द’ मा भित्रिए कसिस र नविन

१० जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
18 Shares


काठमाडौँ -राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन्द मन्द’ को प्रमुख भूमिकामा कसिस दाहाल र नविन रेग्मी अनुबन्ध भएका छन् । फ्लोरमा जानुअघि फिल्ममा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भए पनि बाँकी दुई कलाकार कसलाई लिने भन्नेमा निर्मातारनिर्देशक अन्योलमा थिए । अन्ततः कसिस र नविन भित्रिएका छन् ।

बैशाख तेश्रो सातादेखि सुटिङ सुरु भएको सस्पेन्स सोसल ड्रामा ‘मन्द मन्द’ को हाल जुम्लाका छायांकन भइरहेको निर्देशक सानेले जानकारी दिएका छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् । दिव्यराज सुबेदीले फिल्म खिचिरहेका छन् । काठमाडौबाट सुरु भएको ‘मन्द मन्द’ को सुटिङ नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुँदै जुम्ला र मुगुसम्म पुग्दै छ । फिल्मका गीतको कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् । नव(नायिका कसिस र नायक नविनले ‘मन्द मन्द’ मा आफुहरुले निकै मिहिनेतका साथ अभिनय गर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • राप्ती गाउँपालिकाले मनाईयो ७०औँ प्रजातन्त्र दिवस
  • सडकमा रात विताउने नागरिक मुक्त राप्ती गाउँपालिका घोषणा गर्ने
  • फुटबल प्रतियोगिताको उपाधि बागमति युथ क्लब सर्लाहीले उचाल्यो
  • सभामुख घर्ती भन्नुहुन्छ – ब्यवसायिक शिक्षाले झन समस्या ल्यायो
  • ट्रंक कल विद्युत विलिङ्ग उद्योगी समस्यामा डेलिगेसन मुख्य मन्त्री कार्यालयमा
  • रुपन्देही उद्योग संघमा औषधी र कापी तथा स्टेशनरी वस्तुगत समिति…
  • लैङ्गिक हिंसा सम्बन्धी नीति र कानून विषयक अभिमुखीकरण सम्पन्न
  • संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव
  • अपाङ्गता मैत्री शासन निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न
  • विश्व शान्तिको १५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न