मिलन चाम्ससँगको भेट मेरो लागि टर्निङ पोइन्ट वर्षा

प्रकाशित मिति:

नाइँ नभन्नू ल २ु बाट सुखद डेब्यू गरेकी अभिनेत्री वर्षा सिवाकोटीले एक दर्जनको आसपासमा फिल्ममा काम गरिसकेकी छन् । तर, उनको करिअरलाई द्रुत गतिमा अगाडि बढाउन कुनैले मद्दत गरेनन् । उनलाई काम गर्नका लागि गरे जस्तो मात्र भयो । उनले सोलो हिरोइनको रुपमा काम गरेका फिल्म आजसम्म कुनै फिल्म सफल छैनन् । न उनले कुनै फिल्ममा सम्झनलायक भूमिका निभाएकी छन् न त अभिनयकै जोडतोडले प्रशंसा भएको छ ।

शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्म ुबीर विक्रम २ु बाट उनलाई निकै ठूलो आशा थियोरछ । किनकि, उनी फिल्मकी सोलो हिरोइन हुन् । फिल्मको मूल कथा नै उनको वरिपरि घुमेको छ । तर, फिल्मले दर्शक सन्तुष्ट बनाउन नराम्रोसँग चुकेको छ । फिल्मको माउथ पब्लिसिटीु खासै राम्रो छैन । उनको अभिनयको भने धेरथोर तारिफ भइरहेको छ । तर, फिल्म बक्सअफिसमा डुब्ने अवस्थामा छ ।
अभिनेत्री वर्षाले भने अझै फिल्मले सफलताको झण्डा फहराउने विश्वास गुमाएकी छैनन् । उनी हरेक दिन दर्शक भेट्न राजधानीका विभिन्न हलहरु पुगिरहेकी छन् । फिल्म हेरेका महिलाहरुले आफ्नो क्यारेक्टरमा रिलेट गरेको प्रतिक्रियाले आफ्नो मिहिनेत बेकार नगएकोमा उनले आफ्नो सफलता मानेकी छन् । तर, उनको हाँस्न विर्सिएको फिल्म करिअर हँसाउन ुबीर विक्रम २ु ले बक्सअफिसमा सफलता हात पार्न अत्यन्त जरुरी छ ।

प्रायः सामाजिक सञ्जाल र मिडियामार्फत् अरुमाथि तीखो प्रहार गर्दै आइरहेकी वर्षाले बिहीवार भने यस फिल्मका निर्देशक मिलन चाम्सको तारिफमा फेसबुकमा लामो स्टाटस कोरेकी छन् । उनले निर्देशक चाम्ससँगको भेट आफ्नो लागि टर्निङ पोइन्टु साबित भएको उल्लेख गरेकी छन् । उनले आफूले यसअघि अभिनय गरेका फिल्मले आफ्नो करिअर कहिल्यै हँसाउन नसकेको पनि धक नमानि बताएकी छन् । केही निर्देशकहरुसँग काम गरे । कामका लागि काम गरे जस्तो मात्रै भयो । ुमु बन्न पक्कै सकेको थिइनँ । सिकारु कलाकारको रुपमा पाइला चाल्दै गर्दा भेटिनुभएका आदर्णिय मिलन सरसँगको भेट नै मेरो लागि टर्निङ पोइन्ट बनेको अनुभव गरेकी छुु, उनी अगाडि लेख्छिन्, ुकेही पाएँ भन्ने महसुस हुन थालेको छ । म बन्ने बाटो खुलेको अनुभूती गरेकी छु ।ु उनी सहकार्य गर्नु अगाडि सुनेको निर्देशक चाम्सबारे नराम्रा कुरा काम गरेपछि सबै निरर्थक लागेको बताउँछिन् । धेरैले मिलन चाम्स फिल्मको फ्याक्ट्री हो भनेको सुनेको थिएँ । उहाँ फिल्मको मात्र होइन शिर्जनशिलता, लगनशिलता, व्यवसायिकता र मानवियताका फ्याक्ट्री पनि हुनुहुँदो रहेछ । फिल्ममा मुख्य पात्रका रुपमा छानिनु र मिलन सरसँग सहकार्य गर्न पाउनु मेरो भाग्य होु, उनले फेसबुकमा लेखेकी छन् । अभिनेत्री सिवाकोटीले निर्देशक चाम्ससँग नाम जोडिनुले आफूलाई कुनै फरक नपार्ने पनि बताएकी छन् । उनी अगाडि लेख्छिन्, ुराम्रोलाई राम्रो भन्न सक्नु पर्छ भन्ने शिक्षा हजुरबाटै पाएको छु । मैले यो भनिरहँदा अर्को फिल्मको लागि वर्षाले चिप्लो घसी भन्नेहरु पनि देख्न पाइने छ । उनीहरुले भन्नुभन्दा अगाडि नै म आफैँ भन्छु फेरि फेरि हरेक पटक हजुरसँग सहकार्य गर्न पाउँ ।ु निर्देशक चाम्स जति शिर्जनशिलता अरु कोही निर्देशकमा नभएको पनि उनको ठोकुवा छ । आफूलाई ुमु बन्ने यात्रा जुराइदिएकोमा उनले चाम्सलाई धन्यवाद पनि दिएकी छन् ।