लिम्बुवान प्रान्तीय परिषद्ले आह्वान गरेको बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित

प्रकाशित मिति:

इलाम । लिम्बुवान प्रान्तीय परिषद्ले आह्वान गरेको बन्दका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। विक्रम संम्बत १८३१ मा आजैकै दिन पृथ्विनारायण शाहले कपट्पूर्ण  सन्धी गरेर लिम्बुवान क्षेत्र खोसेको भएकोले यस दिनलाई कालो दिनको रुपमा लिंदै राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बुवान प्रान्तीय परिषदले अरुण पूर्वका नौ जिल्लाहरु झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी,धनकुटा, तेह्रथुम र भोजपुर जिल्लामा आमहड्तालको आब्हान गरेको हो ।

बन्दका कारण मेची राजमार्ग, कोशी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको कोशी ब्यारेजसम्मको खण्डमा सवारी साधनहरु संचालन ठप्प रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  पूर्वका प्रमुख स्थानहरु विराटनगर, धरान, इटहरी, दमक, विर्तामोड, काकडभिट्टा, भद्रपुर, इलाम लगायतका स्थानवाट लामो तथा छोटा दुरीमा संचालन हुने यातायात सेवा ठप्प भएपछि जनजिवन प्रभावित भएको छ ।