बुटवलमा स्वतन्त्र पत्रकारको आधारभूत पत्रकारिता तालिम शुरु

प्रकाशित मिति:

रुपन्देही-स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको आयोजनामा दश दिने आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिम शुरु भएको छ।उदघाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सस्थापक अध्यक्ष एब राष्ट्रिय दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंले पत्रकारिता क्षेत्रलाई आगामी दिनमा नयाँ पिँठीलाई यस क्षेत्रमा आकर्षित गर्न स्वतन्त्र पत्रकार संघले सञ्चालन गरेको तालिमले थप टेवा पुर्याउने विश्वास ब्यक्त गर्नु भएको छ।

त्यस्तै विशिष्ट अतिथि स्वतन्त्र पत्रकार संघ राष्ट्रिय समितिका उपाध्यक्ष राजेन्द्र जंग रायमाझीले प्रशिक्षार्थीहरुलाई तालिम बाट पत्रकारिता सम्वन्धि ज्ञान लिएर यस क्षेत्रमा लाग्न आग्रह गर्नु भएको छ।रुपन्देही जिल्ला संघका अध्यक्ष अनिल पहाडीको अध्यक्षता संघका जिल्ला पूर्व अध्यक्ष वावुराम गैरे, संघका प्रदेश नं। ५ का उपाध्यक्ष ईश्वर पौडेल, प्रदेश सचिव विन्दु घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । संघका सचिव मिलन पंगेनीले संचालन गर्नुभएको उदघाटन कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष चक्रपाणि डुुम्रेले स्वागत मन्तव्य राख्नु भएको थियो।