अछाममा भिषण आगलागी ७ घर जलेर नष्ट

११ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


अछाम-अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् ।शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।आगलागीबाट करोडौँको क्षति भएको र गोठमा बाँधिएका बाख्रा र गाई पनि मरेको ढकारी–४ का वडाध्यक्ष भक्तबहादुर बुढाले बताए । तर क्षतिको एकिन विवरण भने आएको छैन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया