अफगानिस्तानसँग पाकिस्तान ३ विकेटले पराजित

प्रकाशित मिति:

एजेन्सी -मे ३० तारिखबाट इङ्ल्यान्ड र वेल्समा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेलमा पाकिस्तान अफगानिस्तानसँग तीन विकेटले पारजित भएको छ । शुक्रबार ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९ ४ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्दै पाकिस्तानलाई तीन विकेटले हराएको हो ।

टस हारेर फिल्डिंग गरेको अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदिले अविजित ७३ रन बनाए । त्यस्तै हजरत उल्लाह जाजईले ४९, मोहमद नाबीले ३४ र रहमत साहले ३२ रन बनाए । बलिङमा पाकिस्तानका वहाब रियाजले तीन र इमाद वासिमले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले ४७।५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले एक सय १२ रनको शतकीय इनिङ खेले पनि टोली हारबाट जोगिएन । सोयब मल्लिकले ४४र इमाम उल हकले ३२ रन बनाए । अफगानिस्तानका लागि मोहमद नाबीले तीन विकेट लिएका थिए । त्यस्तै राशिद खान र डलट जाड्रनले दुई दुई विकेट लिएका थिए ।