अमेरीकामा समलिंगीमा दृश्ययुक्त कार्टुन रोकियो

प्रकाशित मिति:

वासिङ्टन, एजेन्सी- अमेरिकाको अलावामा पब्लिक टेलिभिजन ९ एपीटी ० ले एउटै लिंगबीच विवाह भएको कार्टुन प्रशारण गर्न अस्वीकार गरेको छ। बालकार्यक्रम आर्थरको बाइसौं शृंखलाको पहिलो भाग आर्थरमा रहेका पात्र मिस्टर र्याटवर्नले आफ्नो पार्टनर प्याट्रिकसंग विवाह गर्ने दृश्य रहेको छ।

निर्धारित समयमा एपीटीले पुरानो कुन अर्को भाग दोहर्याउँदै यस शो प्रशारण गर्ने कुनै योजना नरहेको जनाएको छ। कार्यक्रम निर्देशक माइक म्याकेन्जीले यो सो प्रशारण गरिएको खण्डमा नेटवर्कप्रति अभिभावकहरूको विश्वास गुम्न सक्ने बताएका छन्।  एक औपचारिक विज्ञप्ति जारी गर्दै मयकेन्जीले भनेक छन्, ‘अभिभावकहरू आफूहरूको निगरानीबिना नै बालबालिकाले ढुक्क भएर एपीटी हेरोस् भन्ने चाहन्छन्। अलि उमेर पुगेकाहरूले त अभिभावकको जानकारीबिना पनि टेलिभिजन कार्यक्रम हेर्न सक्छन्।’

यसैगरी शो निर्माता डब्ल्यूजीबीएच तथा प्रशारणकर्ता पीबीएसले पनि गत अप्रिलमा सो कार्यक्रमको शृंखलालाई लिएर चेतावनी दिएका थिए। साथै त्यहिबेला तिनीहरूले यो शो प्रशारणै नगर्ने निर्णय पनि गरेका थिए। एपीटीले बस्टर नामक खरायोले दुईजना आमा भएकी एकजना केटीलाई भेट्न जाने दृश्य रहेको शृंखलाको २ हजार ५औं भाग प्रशारण गर्न अस्वीकार गरेको थियो।