दुई एकल महिला सगरमाथाको शिखरमा पुगे

११ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
154 Shares


काठमाडौँ, ।आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् ।सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

निमा डोमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले पाँच वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका थिए भने फुरदिकीका पति मिङ्मार शेर्पाको छ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर ज्यान गएको थियो । हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने भन्दै फरदिकी र निमा डोमाले आरोहण यात्रा तय गरेका थिए । एकल महिला सधैँ शोकमा बस्ने हैन शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सन्देश दिनको लागि आरोहण गरेको आरोही महिलाको भनाइ छ । वर्षेनी हिमाली क्षेत्रको पदयात्रमा गएका सयाँै आरोही र उनका सहयोगीको मृत्यु हुने गरेको छ । आरोही महिलाले भने आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

आफन्त वियोगले कोठामै दिन कटाइरहेका एकल महिलालाई विभिन्न सीप र योजना दिएर सङ्घर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका लागि सगरमाथा अरोहणमा गएको उनीहरुको भनाइ छ । पतिसँगै जोक्पे लिएर धेरैपटक आधार शिविर पुगेका फरदिकी र निमाले पति गुमाएपछि पनि यो पेशालाई निरन्तरता दिँदै उचाईतर्फ लगेका हुन् । सगरमाथाको शिखरमा पुगेर फर्केपछि सगरमाथालगायत हिमालयमा ज्यान गुमाउनेका पत्नीलाई सङ्गठित गर्दै संस्था खोल्नेसमेतको उनीहरुको योजना छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद