होटेलमा युवती खोज्दै आएका भारतीय पक्राउ

११ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
53 Shares


बुटवल, ११ जेठ । बुटवलको नयां बसपार्कका होटेलमा युवती खोज्दै आएका तीनजना भारतीय पक्राउ परेका छन् । नयां बसपार्कस्थित होटेल कोसेलीमा पुगेर यौन सम्पर्कका लागि युवतीहरु मिलाइदिन आग्रह गरेपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा ३२ वर्षका दिलिप कुमार, १८ वर्षका केशव कुमार मौर्या र २८ वर्षका आशुतोष सिंह रहेका प्रहरी पोष्ट बसपार्कका प्रहरी हवल्दार बीरबहादुर खड्काले जानकारी दिए ।

उनीहरु तीनैजनाले ठेगाना भारत गोरखपुर बताएका छन् । उनीहरु यु पी ५३ एच ५००५ नंबरको कारमा आएका थिए । होटेलमा आएर सिधै यौन सम्पर्कका लागि युवती मिलाइदिन र एकजनालाई ५ हजारका दरले रकम दिने प्रस्ताव राखेपछि केहीबेर बस्न भनेर प्रहरीलाई खबर गरेको होटल सञ्चालक अम्बिका पाण्डेले बताइन् । पक्राउ परेका उनीहरुलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलमा राखिएको छ । वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक हेम केसीले यस्तो केसमा थुप्रै भारतीयहरु पक्राउ पर्ने गरेको बताए ।
यसैबीच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले व्यवसायी आचार संहिता विपरित गतिविधी गरेको भन्दै एक व्यवसायीलाई संस्थाको साधारण सदस्यतावाट निष्कासन गरेको छ ।
संघको शनिवार बसेको बैठकले व्यवसाय र संस्थालाई नै आघात पुराउने गरी संघको आचारसंहिता विपरित पेशा व्यवसाय गरेको भन्दै बुटवल ११ कालिकानगर स्थित राप्ती मिनु रेष्टुरेन्टलाई संघको साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्धारा सम्युक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रेष्टुरेन्टका सञ्चालक बागलुङ् निसिखोलाका वर्ष २९ को टेकबहादुर कुवँर र उनकी वर्ष ३३ की श्रीमति मीना कुमारी बस्नेत कुवँरले नाबालिकालाई वेश्याबृत्तिमा लगाएको अभियोगमा प्रहरीले पक्राउ गरि कारवाही अगाडी बढाएको छ । संघले प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानका लागि सहज होस भन्दै निष्कासन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग
  • आजको राशिफल हेर्नुहोस
  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…