पशुपति सहकारीमा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

भैरहवा ।रुपन्देहीको कोटिहावामा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा बिहान ७ बजे देखि दिउँसो १२ बजे सम्म खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

सहकारीले बार्षिक कार्ययोजना बनाएर समाजिक उत्तरदायित्वका काम गर्दै आएको र रगतको अभावमा कसैको ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरेको संस्थाका अध्यक्ष रामनाथ शर्मा उपाध्यायले बताए ।विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक शुशिला पाण्डेले बताइन् ।

 

रक्तदान कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखालाई ५० युनिट रगत हस्तान्तरण गरेको संस्थाका सदस्य पूर्णभद्र बस्यालले जानकारी दिए ।