नीति कार्यक्रम कार्यन्वयनमा समस्या रहेको सरोकारवालाहरु को भनाई

प्रकाशित मिति:

बुटवल -प्रदेश सरकराले हालै सार्वजनिक गरेको नीति कार्यक्रम कार्यन्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । रिपोर्टस क्लव ५ प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्ने बत्ताहरुले सीमित स्रोत साधनकाबीच नीति कार्यक्रम कार्यन्वयन समस्या देखिने बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा। प्रकास श्रेष्ठले समस्याकाबीचमा पनि प्रदेश सरकार नीति कार्यक्रम कार्यन्वयनका लागि काम गर्ने बताए । प्राथमिकताका आधारमा बजेट विनियोजन हुने भन्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा। श्रेष्ठले प्रदेश सरकारले उद्योग पर्यटन र कृषिलाई महत्व दिने गरी काम गरिहेको बताए ।

उनले जनताको चाहाना अनुसार सेवा दिन अझै पनि सरकारी संयन्त्र सक्षम नभएको भन्दै त्यसमा सुधारको आवस्यकता औलाए । राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा। डा। गोविन्द पोखरेलले नीति तथा कार्यक्रमा आस्वासन बाहेक केही पनि नरहेको बताए । उनले प्रदेश सरकारले समेत संघीय सरकरले जस्तै सतही रुपमा नीति तथा कार्यक्रम ल्याएको बताए । नीति कार्यक्रम जस्तो गहन विषय गहिराइमा गएर विष्लेषण गरेर ल्याउनु पर्ने हो । खाका कोर्ने गरी कार्यक्रम बनाउनु पर्ने थियो । तर त्यसो हुन सकेन ।’ उनले भने ।

संघीयता बलियो बनाउने , राष्टियता बलियो बनाउने , पूर्वपश्चिमका नेपालीलाई जोड्ने गरी कार्यक्रम आउन नसक्नु चिन्ताको विषय भएको बताए । पसुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा। गाविन्द टन्डनले नीति कार्यक्रममा इमान्दारिता भएमा कार्यन्वयन हुन सक्ने बताए ।उनले भारतीय निर्वाचनको परिणामले नेपालको भू राजनीतिकक अवस्थालाई प्रभाव पर्न सक्ने तर्फ सचेत गराए । उनले राज्य व्यवस्था परिवर्तन भएसँगै जनताले अनुभूति गर्ने गरी नीति तथा कार्यक्रम कार्यन्वयनमा आउनुपर्नेमा जोड दिए । बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले नीति कार्यक्रममा लगानी सम्मेलन, कृषिको सवलीकरण औद्योगिक विकास जस्ता कुराले जागर दिए पनि उद्योगको विकासका लागि ठोस कार्यक्रम नआएको बताए । उनले नीति कार्यक्रममा उद्योगमा रहेको हतोत्तसाहित हुने अवस्थालाई सम्वोधन गर्ने गरी काम हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रम रिपोर्टस क्लवका प्रदेश प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।