छात्रा भलिबलको उपाधी एभरेष्टलाई

प्रकाशित मिति:

सन्जु पौडेल – जीपी कोइराला स्मृती प्रतिष्ठानको आयोजनामा भएको छात्रा भलिबल प्रतियोगीताको उपाभी एभरेष्ट ईङलिस बोर्डिङ स्कूल विजयी भएको छ । शनिवार सम्पन्न फाइनल प्रतिष्पर्धामा दीप बोर्डिङ स्कूललाई ३–० को सेटमा हराउंदै एभरेष्टले उपाधी चुमेको हो । विजेता बनेसंगै उसले नगद १० हजार रुपैयांसंगै मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता दीपले नगद ७ हजार प्राप्त गर्यो । प्रतिष्पर्धामा न्यू होराइजन मावीले कान्ती माविलाई २–० को सेटले हराउंदै तृतीय स्थान हांसिल गरेको थियो । उसले नगद ५ हजार प्राप्त गर्यो । प्रतियोगितामा एभरेष्टका सरस्वती कट्टेल बेस्ट प्लेयर घोषित भइन् । समापन कार्यक्रममा बोल्दै प्रदेश ५ का सांसद रमा अर्यालले महिलाले समेत खेलको माध्यमबाट आफ्नो पहिचान बनाउन सक्ने भन्दै यस्ता प्रतियोगीताले आत्मबल बढाउन सहयोग गर्ने बताइन् । प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।