डराउनेले जागिर खानुस्, विजनेशका लागि त जोखिम मोल्नुपर्छ

प्रकाशित मिति:

ज्याक माले बिजनेसको जोखिमसँग डराउनेलाई बिजनेस म्यान बन्ने कुनै अधिकार नभएको बताएका छन् । डाभोसमा भलिरहेको वल्ड इकोनोमिक फोरमको बार्षिक बैठकमा उनले बिजनेससँग डराउने मानिसका लागि जागिर उत्तम विकल्प रहेको बताएका छन् । तपाईं कसलाई नोकरी दिनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले जो म भन्दा स्मार्ट छ उसैलाई जागिर दिन्छु भन्ने उत्तर दिएका थिए । उनले भने, ‘म यस्ता व्यक्तिलाई मन पराउँछु, जो आगामी ४, ५ वर्षमा मेरो पनि मालिक बन्न सकोस् । सकारात्मक सोच राख्ने र कहिल्यै हार नमान्ने मानिस मन पर्छ ।’अलिबाबाको सफलताको शुत्र बाड्दै माले भने म एक शिक्षक थिए ।

शिक्षकले सधैँ विद्यार्थी आफुभन्दा जान्ने होस भन्ने चाहान्छ । नियम एक मानिसलाई आफुभन्दा उत्कृष्ट बन्न सहयोग गर्नुहोस । नियम दुई यदि तपाईंले केहि कुरा बदल्न सक्नु भएन भने आफै बदलिनुस् । उनले उद्यमीहरुलाई साझेदारीमा व्यापार नर्गन सल्लाह दिएका छन् । उनी भन्छन्, ‘मित्रता व्यापार भन्दा ठूलो हुन्छ । ’

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन । अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ । सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् । यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्माको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् । त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी