न्युयोर्कमा यूएनए सम्मेलन हुंदै

प्रकाशित मिति:

बद्रि गौतम, न्युयोर्क, मे २४ -नेपालीहरुको गैर नाफा मुलक संस्था युनाइटेड नेप्लीज एशोसीयशन ९यूएनए० को चौंथो सम्मेलन न्युयोर्कमा शुरु हुंदैछ । मे महिनाको २५ र २६ मा न्युयोर्कमा हुने कार्यक्रममा अमेरिका बाहिरबाट अतिथिहरु आइसकेको जानकारी आयोजक पक्षले दिएको छ । सम्मेलनको उदघाटन उर्जामन्त्री तथा नेकपाका नेता बर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा हुनेछ । आयोजकका अनुसार युएनए सम्मेलनमा भागलिन एनआरएनका पूर्व अध्यक्ष शेष घले तथा उनकी श्रीमती तथा अष्टेलियाली व्यवसायी जमुना घले सहितको टोली न्युयोर्क आइसकेको छ । सम्मेलनमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त तथा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीकोपनि सहभागिता रहने बताइएको छ । त्यस्तै कार्यक्रमका लागि गायिका ईन्दीरा जोशी लगायतको टोलीपनि नेपालबाट आइसकेको छ । सम्मेलन न्युयोर्कको इष्ट एल्महस्र्टको लागुवार्डिया प्लाजा होटलमा हुनेछ ।

कन्भेन्सनको उद्यघाटनपछि विभिन्न चरणमा कार्यक्रमहरु गरिने जनाइएको छ । युएनए कन्भेन्सन अन्तर्गत युएनए लिटल च्यालेन्ज कम्पीटीसनको सेमी फाइनल, नन फर पर्फिट अर्गनाइजेशन बेनीफीट, लिमिटेशन एण्ड लिगल कन्सेक्वेन्स विषयमा अन्तक्रिया, स्पेलिङ बी, युथ स्पीच प्रतियोगिता जस्ता कार्यक्रमका साथै विवधि सांगीतिक कार्यक्रमहरुपनि हुने तय भएको छ ।  युएनए कन्भेन्सन अमेरिकामा बस्ने नेपालीहरुको गैर नाफा मुलक संस्था हो । नेपालीहरुलाई अमेरिकी मुलधारसंग जोड्ने उद्धेश्य लिएको यो संस्थामा विभिन्न क्षेत्रका मानिसहरु आवद्ध छन ।durbinnepal bata sabhar