साउन २२ उद्धघोषण तालीम सम्पन्न

प्रकाशित मिति:

रामनगर सामुुदायीक बन उपभोक्ता समीतीको आयोजनामा सञ्चालीत तिन दिने उद्धघोषण तालीम आज एक समारोहका बिच समापन भएको छ। समापन समारोहमा प्रमुुख अतीथीको मन्तब्य राख्दै जिल्ला बन अधीकृत रोमलाल लामीछानेले तालीम एउटा बाटो देखाउने माध्यम भएको हुुदा यसबाट सिकेका कुुरालाई ब्यबहारमा उतार्न प्रशीक्षर्थीलाई अनुुरोध गर्दे अहीले संघीयताको मोडलमा जादै गर्दा बन क्षेत्रपनी अन्यौल भएको भन्दै सामुुदायीक बन समुुदायबाट टाढा राखेमा त्यसको संरक्षण असम्भब हुुने बताउदै हरेक निर्माणले बन क्षेत्र अतीक्रमण गर्दा भोलीका दिनमा बाताबरण सन्तुुलनमा अशर पर्ने बताउनुुभयो।कार्यक्रममा सेक्टर बनका सहायक बन अधीकृत कृष्ण प्रशाद ज्ञवालीले कुुनैपनी शिप दैनीक प्रयोगमा ल्याउनुु पर्ने बताउनुुभयो त्यस्तै शकरनगर ईलाका बनका सहायक बन अधीकृत गिरी प्रशाद गैरेले रामनगर सामुुदायीक बनले बन ब्यबस्थापन र अन्य कृयाकराप अत्यन्त सहनीय भएको बताउनुुभयो कार्यक्रममा सस्थाका संस्थापक अध्यक्ष टंक कुुमार खड्का प्रशिक्षक मिलन गाहा,प्रशीक्षार्थीको तर्फबाट भेक बहादुुर सारु,र पुुर्णकला पराजुुलीले मन्तब्य राख्दै ३ दिने प्रशीक्षण प्रभाबकारी भएको बताउनुुभएको थियो।समीतीले आफ्ना कार्यसमीती उपसमीती तथा अन्य पदाधीकारीलाई उद्धघोषण तालीम मार्फत बोल्ने कलाको बिकाश गराउनका लागी तालीम आयोजना गरीएको अध्यक्ष किशन थापाले बोल्ने क्रममा बताउनुुभयो । २५ जनाको सहभागीता रहेको रहेको उक्त तालीममा रेडीयो समावेशीका प्रबन्धक मिलन गाहाले सहजीकरण गर्नुु भएको थियो। समापन समारोह संस्थाका उपाध्यक्ष यमुुना काउचाको स्वागत सचीब गंगा तिवारीको सञ्चालन तथा अध्यक्ष किशन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।