अंकित र साम्राज्ञीले लगाए रातो टिका र जमरा

प्रकाशित मिति:

काठमाडौँ -आउँदो दशैंमा प्रदर्शनमा आउने फिल्म ‘रातो टिका निधारमा’ को शुक्रवारबाट औपचारिक रुपमा छायांकन सुरु भएको छ । शिर्ष गीतबाट फिल्मको छायांकन आरम्भ भएको हो । झापाको अर्जुनधारा जलेश्वर धाममा भब्य सेट खडा गरेर फिल्मको गीतको छायांकन भइरहेको निर्देशक अशोक शर्माले जानकारी दिएका छन् । अभिनेत्री साम्राज्ञी आरएल शाह र नव(अभिनेता अंकित शर्मामाथि गीत फिल्मांकन गरिनेछ ।

निर्देशक शर्मा निर्देशित दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ बोलका गीतमा भने अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले ठुम्का लगाएका थिए । यो गीतलाई रिमेक गरेर फिल्म ‘रातो टिका निधारमा’ मा समावेश गरिएको छ । आकर्षक सेटमा फिल्मको गीतको छायांकन भइरहेको निर्देशक शर्माले बताए । गीतमा ठूलो लगानी गरिएको पनि उनले बताए ।
निर्देशक तथा निर्माता शर्माले गीतको छायांकनका लागि तयार गरिएको सेट र कलाकारहरुको लुक्स पनि सार्वजनिक गरेका छन् । प्राप्त तश्बिरमा अंकित र साम्राज्ञीलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ । भने, निधारमा रातो टिका र कपालमा जमरा लगाएका छन् । निर्देशक शर्माका छोरा अंकितले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् । यसमा अभिनेत्री साम्राज्ञीले गाउँले भूमिका निभाउँदैछिन् ।

छायांकन भइरहेको फिल्मको शिर्ष गीतमा नीता ढुंगाना, खुश्बु खड्का, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरु पनि ठुम्का लगाउँदै देखिनेछन् । गीतको छायांकनका लागि जलेश्वर धामलाई आकर्षक रुपमा सजाइएको छ । गीतलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । निर्देशक शर्माले शिर्ष गीतलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गरेको बताए । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा। कृष्णहरि बराल र वि। मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन्