‘ए मेरो हजुर ४’ मा अनमोल र सुहाना नहुने

प्रकाशित मिति:

काठमाडौँ -दर्शकलाई सन्तुष्ट बनाउन सफल एक ब्रान्ड हो( ‘ए मेरो हजुर’ । यो नाम आफैंमा दर्शकलाई हलसम्म तान्न सक्ने ल्याकत छ । यसैले पनि अभिनेत्री टर्न निर्देशक झरना थापाले नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन सकेकी छैनन् । गएको चैत अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले पनि बक्सअफिसमा लोभलाग्दो व्यापार गरेपछि निर्देशक थापा फेरि यही फिल्मको चौथो पार्ट निर्माणको सोचमा छिन् ।

आफूले हिँडेको बाटोमा ‘ए मेरो हजुर ३’ बाट छोरी सुहानालाई पनि लिएर आएकी झरनाले ‘ए मेरो हजुर २’ को सफलतापछि ‘भागवत गीता’ नाममा फिल्म बनाउने तयारीमा थिइन् । तर, वितरकबाट ‘ए मेरो हजुर ३’ बनाउन दबाव आएपछि उनको निर्णय परिवर्तन भयो । अब भने उनी पटक(पटक थन्किएर बसेको ‘भागवत गीता’ सुरु गर्न चाहिन्छन् । तर, फेरि वितरकले ‘ए मेरो हजुर ४’ बनाउन दबाव दिइरहेका छन् । शुक्रवार साँझ छोरी सुहानासँग ‘ए मेरो हजुर ३’ को युरोप प्रदर्शनका लागि उड्नु अगाडि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै निर्देशक झरनाले आफू ‘भागवत गीता’ को तयारीमा रहे पनि वितरक मनोज राठीले ‘ए मेरो हजुर ४’ बनाउन आग्रह गरिरहेको बताइन् । उनी भन्छिन्, ुम तत्काल ‘ए मेरो हजुर ४’ बनाउने सोचमा छैन । ‘भागवत गीता’ बनाउने तयारीमा छ । तर, वितरकले ‘ए मेरो हजुर ४’ बनाउन आग्रह गरिरहनुभएको छ । त्यसैले निर्णय लिन सकेकी छैन ।ु

केही दिन अगाडि उनले फेसबुकमा अभिनेता अनमोल केसी र छोरी सुहानासँगको फोटो साझेदार गर्दै क्याप्सनमा ‘मेरो भागवत गीता’ भनेर लेखेकी थिइन् । यसले झरनाले ‘भागवत गीता’ मा ‘ए मेरो हजुर ३’ मा अत्याधिक रुचाइएको जोडी अनमोल र सुहानालाई दोहोर्‍याउन लागेको पुष्टि गरेको थियो । तर, अनमोलले आफूले ‘भागवत गीता’ साइन नगरेको स्पष्टिकरण दिएका थिए । यद्यपि, उनले फिल्म गर्ने सम्भावना भने रहेको बताएका छन् ।
ए मेरो हजुर ४’ मा अनमोल र सुहानाको जोडी दोहोरिने सम्भावना छ रु भन्ने पत्रकारको प्रश्नमा झरना भन्छिन्, ुयसमा नयाँ कलाकार लिन चाहन्छु । ‘भागवत गीता’ मा भने मेरो पहिलो रोजाई अनमोल र सुहाना नै हुनेछन् ।ु डेब्यू फिल्मबाटै स्टार अभिनेत्रीको रुपमा उदाएकी सुहानाले आफूलाई ‘भागवत गीता’ को कन्सेप्ट मन परेको र काम गर्न पनि इच्छुक रहेको बताइन् । उनले अब अध्ययन पूरा भएपछि मात्र फिल्म गर्ने पनि स्पष्ट पारेकी छन् ।