बिहानै उठेर ऐना हेर्ने बानी छ ?  होसियार यसकारण अशुभ हुन्छ

प्रकाशित मिति:

एजेन्सी – बिहानै उठेर ऐना हेर्ने बानी छ रु होसियार यसकारण अशुभ हुन्छ हामी बिहान जुरुक्क उठ्ने वित्तिकै ऐना हेर्ने गर्छौ तर यसरी उठ्ने वित्तिकै ऐना हेर्नु राम्रो हो कि होइन, तपाई हामी धेरैलाई यसबारे जानकारी नहुन सक्छ । विहान उठेसँगै के गर्दा स्वस्थ्यका लागि राम्रो हुन्छ त बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् । यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ ।

ऐना नहेर्नुस्  विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस्।