आयुर्वेदमा बिहान उठ्ने सही तरिका

प्रकाशित मिति:

एजेन्सी – कैयौ व्यक्तिहरु बिहान बिउँझिनासाथ एकैपटक विस्तरा छोड्छन् । यसले मुटुमा नराम्रो प्रभाव पार्न सक्छ । आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ । यसलाई उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

बिहान निद्रा खुलेपछि दाहिनेपट्टि फर्किनुहोस् । अनि उठेर बस्नुहोस् । यसले मुटुमा अनावश्यक दबाब पर्न पाउँदैन किनकि मुटु हाम्रो शरीरको बायाँतर्फ हुन्छ । अब दुवै हात माथि उठाएर तन्काउनुस् । यसले रातमा कम भएको रक्तसंचारको गति सामान्य हुन्छ । अब आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुहोस् र आँखामाथि राख्नुहोस् । यसले शरीरको सतर्कता बढाउँछ । त्यसपछि दुवै हातलाई चुम्नुहोस् र विस्तारै छोड्नुहोस् । यसले शरीरको इनर्जी लेभल बढाउँछ ।