बिहान उठ्ने बित्तिकै यी काम गर्नुहोस तपाइको दिन शुभ रहने छ

प्रकाशित मिति:

बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् ।
यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप

१ तामाको लोटामा राखेको पानी खानुहोस्  बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

२ तेलले मालिस गर्नु  दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सके सम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थकान पनि मेटिन्छ र शरीरमा उर्जा प्राप्त हुन्छ ।

३  तुलसीमा जल चढाउनु  दिनहँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।