अमेरीकाको न्युर्योक पुगेर उर्जा मन्त्रीले भने : पाँच वर्षभित्र सिमापार उर्जा व्यापार

प्रकाशित मिति:

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पाँच वर्षभित्र नेपालले सिमापार उर्जा व्यापार गर्ने बताएका छन् । अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले त्यसका लागि पाँच हजार मेगावाट विद्युत उत्पादन भइरहेको समेत जानकारी दिए । उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक रहेको उनले बताए ।

अष्ट्रियासँग उर्जा क्षेत्रमा सहकार्य गर्ने सम्झौतापछि न्यूयोर्क पुगेका मन्त्री पुनले शुक्रबार ‘सबैका लागि दीगो उर्जाको संयुक्त राष्ट्र दशकको कार्यान्वयन सम्बन्धी उच्च स्तरीय संवाद’ फोरमलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मन्त्री पुनले भने, ‘नेपालले भारतसँग विद्युत व्यापार सम्झौता गरिसकेको छ । चीन र बंगलादेशसँग पनि सिमापार विद्युत व्यापारका लागि समझदारी भएको छ।’ नेपालले आगामी पाँच वर्षभित्र आन्तरिक खपतका लागि १० हजार मेगावाट र सिमापार व्यापारका लागि थप पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने उनले बताए।उर्जाबाट आयातित पेट्रोलियम पदार्थ घटाउँदै जाने नेपालको लक्ष्य रहेको मन्त्री पुनले बताए ।nagarik khabar bata