बिकासको पर्खाईमा पाणीनी तपोभुमी

प्रकाशित मिति:

अमृत पाण्डेय । अर्घाखाची जिल्लाको पाणीनी गाउंपालीकामा रहेको धार्मीक तथा पर्यटकीय क्षेत्र पहाडको टापुमा समथर भागमा ७ हजार रोपनीमा फैलीएको पाणीनी तपोभुमी विकासको पखाईमा छटपटाईरहेको छ । संस्कृत मुल ब्याकरणका रचयीता महर्षी पाणीनीको तपोस्थल पाणीनी जहां पणीनीले सीद्दी प्राप्ती गर्नु भएको थियो । धार्मीक र प्राज्ञीक ईतीहास वोकेको यस क्षेत्र जंगलको विचमा भएकाले पनी जडीवुटीको खानी रहेको अनुमान सहजै गर्न सकीन्छ । हावापनी र भौगोलीक हिसावले पर्यटन विकासका लागी महत्वपुर्ण रहेको पाणीनी क्षेत्रको विकास मन्द गतीमा भईरहेको स्थानीयको भनाई छ । हावापनी संगै पहाडको उच्च भागमा रहेकाले यस क्षेत्रवाट मनै लोभ्याउने हीमश्रृखला देखीनुका साथै तराईको समथर भुभाग सजीलै देख्न सकीन्छ । निकै मनमोहक स्थानमा रहेको यस क्षेत्रमा पाणीनी दह रहेको छ । दहको विच भागमा २ ओटा आखा रहेका छन् ।

परापुर्वकालमा पोखरीमा जो कोही पनी पस्र्यो भने त्यो आखाले तानेर केही किलोमीटर तल पुर्याएर फाल्ने गरेको थियो भन्ने कीम्वदन्ती रहेको त्यंहांका बुढापाका हरु वताउछन् । स्थानीय वुद्दीजीवी मणीराज गौतमका अनुसार ४ हजार वर्ष पहीले तक्षशीला अहीलेको अफगानीस्थानमा जम्मनु भएका पाणीनी ऋषीले शिवजीको तपस्या गरेपछी १४ सुत्रको व्याकरण निमार्ण गर्नु भएको थियो । त्यही ब्याकरणका आधारमा विश्वमा भाषाहरुको निमार्ण भएको हो । त्यसैले यस भुमीको एतिहासीक ,प्राज्ञीक र पौराणीक सम्वन्ध रहेको छ । पाणीनी सहीत धेरै ऋषीहरुले त्यस क्षेत्रमा तपस्या गर्नु भएको थियो । त्यसपछी कृष्णनन्दजी आउनु भयो । अहीले यो भुमीको संरचनाको निमार्णमा उहांकै देन रहेको छ । पाणीनी तपोभुमीमा ११ ओटा छुट्टा छुट्टै मन्दीर रहेका छन् ।

पाणीनी सहीत अर्घाखांचीमा महत्वपुर्ण धार्मीक तथा पर्यटकीय स्थानहरुमा लामपाटी ,दुवाश्यर गुफा ,कालीकाटी लेक मन्दीर, अर्घा भगवती मन्दीर ,आमलदेवि मन्दीर रहेका छन् । पाणीनी तपोभुमीको विकासका लागी गाउंपालीकाले केही योजनाहरु वनाएको छ । गाउंपालीका प्रमुख अच्युत गौतमले हामीसंगको भेटमा भन्नु भयो गुरु योजना वनाएर यसक्षेत्रको विकास गर्ने लक्ष्य रहेको छ त्यसका लागी अहिले १० लाख वजेट विनियोजन भएको छ । त्यहांको समग्र विकासका लागी गुरुकुल शीक्षा सन्चालन गर्ने ,योगशाल निमार्ण गर्ने ,गौलाशाला निमार्ण गर्ने ,चारधाम निमार्ण गर्ने ,पाणीनीको वारेमा डकुमेन्ट्र निमार्ण गर्ने ,पीकनीक स्पोट , फनपार्क ,वृद आश्रम चिडीया घर , मन्दीर निमार्ण गर्नुका साथै, जैविकविविधता संरक्षण गर्ने सोच रहेको छ । तपोभुमी पुग्न पाल्पाको सदरमुकामवाट ३८ किमी ,सन्र्धीखर्कवाट ३६ कीमी, रुपन्देहीको सालभण्डीवाट २४ किमीको यात्रा गर्नु पर्दछ । स्थानीय तथा सरोकारवाल विष्णु पोखरेल भन्नुहुन्छ ः पाणीनीलाई विश्व सम्पदा सुचीमा पार्नका लागी पहल गर्नु पर्दछ । कीनकी संसारमा संस्कृत ब्याकरण विना कुनै भाषाको निमार्ण सम्भव थिएन कुनै भाषाको ब्याकरणको अस्तीत्व संस्कृत ब्याकरण विना सम्भवनै छैन । संकृत भाषलाई हिन्दु धर्मको संविधानको रुपमा लिने गरीन्छ । ४ वेदपनी तिनै ब्याकरणका आधारमा निमार्ण भएका हुन् । त्यसकै आधारमा श्रृती र स्मृती तयार भएको हो । त्यसैले भाषाको प्रादुभाव भएको स्थल भएकाले र विश्व भरीका रिर्सचरहरुलाई अध्ययनको स्थल भएकाले पनी यस क्षेत्रलाई विश्वसम्पदा सुचीमा पार्नु पर्दछ ।

स्थानीय लक्ष्मण पाण्डेयका अनुसार यो क्षेत्रमा खानेपानीको ठुलो समस्या रहेको छ । त्यसका लागी वजेट विनीयोजन भएर खानेपानीको काम भईरहेको छ । निकै महत्वको क्षेत्र भएरपनी प्रचार प्रसारको अभावमा ओझेमा परेको छ । त्यसका लागी स्थानीय प्रदेश र संघीय सरकारले ध्यान दीनु आवश्यक रहेको छ । धार्मीक तथा पर्यटकीय तथा प्राज्ञीक क्षेत्र पाणीनीको समग्र विकास वाट यस क्षेत्र संगै मुलुककै आर्थिक गतीविधि वढ्नुका साथै पर्यटन फस्टाउनुका साथै पर्यटकको संख्यामा पनी वृद्धी हुने निश्चीत छ । पाणीनी तपोभुमीवाट फर्केपछी