सगरमाथामा हस्तमैथुन , यस्ताे छ वास्तविकता

१२ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सामाजिक सञ्जालमा एक आरोही युवकले सगरमाथामा हस्तमैथुन गरेर रेकर्ड राखेको विषय आजभन्दा ११ वर्षभन्दा पहिले नै खिचेको खुलेको छ । पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको बताएकी छन् ।

तस्बिर सन् २००८ मा खिचिएको जानकारी पर्यटन विभागले दिएको छ । विभागकी निर्देशक मिरा आचार्यले सन् २००८ मा खिचिएको फोटोलाई यही सिजनको भनेर गलत आशयसहित प्रकाशित गरिएको आपत्ति जनाएकी छन् । उनले सगरमाथालाई लिएर भ्रम छर्ने काम नगर्न पनि अपिल गरेकी छन् ।

पर्यटन विभागले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै पुराना फोटा तथा भिडियोहरु राखेर सगरमाथाको गरिमा घटाउने गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ । विभागले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘पुराना फोटा तथा भिडियोहरु राखी सगरमाथाको महत्त्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनासय एवम् दुष्प्रचारप्रति यस विभागको गम्भीर ध्यानकर्षण भएको छ ।’

तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एकजना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ । त्यस्तो अश्लील र आपत्तिजनक हर्कत गर्ने व्यक्तिको नाम हग इ रेक्सहुन भनिएको छ । ३६ वर्षीय ती व्यक्ति भर्जिन आइल्याण्डका नागरिक रहेको र उनले विहान ११ बजेर ११ मिनेटको समयमा १२० जनाको सामुन्नेमा सो हर्कत गरेको भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे