उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

१२ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
45 Shares


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर–२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उपराष्ट्रपति पुन बिहान ९ः२० बजेको उडानबाट कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत छन् ।

उपराष्ट्रपतिले १३ जेठमा बहुपक्षीय कुटनीतिक फोरम भियना अन्तर्राष्ट्रिय सेन्टरको ४० औं वार्षिक उत्सव कार्यक्रममा सहभागिता जनाउनेछन् । जेठ १४ गते उनले आर–२० अष्ट्रियन विश्व सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपति पुन जेठ १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया