धरानमा अज्ञात समुहले गोली हानी लुट्यो ४ लाख

प्रकाशित मिति:

धरान – धरान ४ बाट रकम कलेक्सन गरि फर्कीदै गरेका जीवन विकास लघुवित्तिय संस्थाका एक कर्मचारीलाई अज्ञात समुहले गोली प्रहार गरेको छ । अज्ञात समुहको गोली लागेर शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । अज्ञात समुहले गच्छदारमाथि २ राण्ड गोली चलाएका छन् । उनको कुइना र कोखामा गोली लागेको छ ।

स्कुटरमा आएको तीन जनाको समुहले मोरंगको साउने बस्तीमा गच्छदारमाथि गोली हानी कलेक्सन गरेको ४ लाख रकम समेत लगेको धरान प्रहरीले जनाएको छ । रकम लिएसँगै लुटेरा फरार छन् । घाईते गच्छदारको धरान स्थित विपि कोईरालाल विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । गच्छदार बोल्न सक्ने अवस्थामा रहेका छन् । गोली प्रहारसँगै मोरंगका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।