पेरुमा ८ म्याग्निच्युडको भूकम्प

१२ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
32 Shares


पेरु – उत्तरी पेरुमा ८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो ।

केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट सुनामीको खतरा रहेको छैन । स्थानीयहरुले राजधानी लिमासम्म भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । क्षतिबारे विस्तृत विवरण आएको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया