मोदीको दोस्रो कार्यकालको पहिलो भ्रमण माल्दिभ्सबाट

प्रकाशित मिति:

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालमा पहिलो विदेश भ्रमण माल्दिभ्सबाट गर्ने भएका छन्।माल्दिभ्सका सञ्चार माध्यमहरुले स्रोतहरुलाई उद्धृत गरेको समाचारअनुसार मोदी जेठ २५ गते दुई दिने भ्रमणमा जाने छन्।

प्रधानमन्त्री मोदीले आफ्नो पहिलो कार्यकालको विदेश भ्रमण भुटानबाट सुरु गरेका थिए। उनको दोस्रो कार्यकालका पहिलो विदेश भ्रमण कुन देशबाट हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिँदै आएको छ। पहिलो कार्यकालमा मोदीले सार्क सदस्य राष्ट्रका माल्दिभ्स र पाकिस्तानको राजकीय भ्रमण गरेका थिएनन्।

भारतपरस्त मानिएका इब्राहिम मोहमेद सोलिह माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएपछि उनको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री मोदी नोभेम्बरमा माले गएका थिए। हिन्द महासागरस्थित टापु राष्ट्र मल्दिभ्स सामरिक रुपमा महत्वपूर्ण देश मानिन्छ।

सोलेह भन्दा अघिका राष्ट्रपति अब्दुल्लाह यमीनको पाँच वर्षे कार्यकालमा माले र दिल्लीबीच तनाव चुलिएको थियो। भारतले यमीनमाथि चीनतर्फ ढल्किएको आरोप लगाउने गरेको थियो।