बालुवाटार जग्गा काण्डपछि विष्णु पौडेल पहिलो पटक गृहजिल्ला , भन्छन् – ‘शीर झुक्ने काम गर्दिन’

प्रकाशित मिति:

बुटवल – वालुवाटार जग्गा काण्डपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुुगेका नेकपाका महासचिब बिष्णुु पौडेलले बुटवलका जनताको शीर झुक्ने गरी आफूले काम नगर्ने बताएका छन्। नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा महासचिब पौडेलले ेअरुलाई पनि शिर झुक्ने काम गर्न नदिने बताए।

जग्गा काण्डमा मुछिएपछि जिल्लामै चर्को आलोचना भैरहेको वेला नेता पौडेलले प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्तालाई आग्रह गरे। उनले भने ‘जनताको जगबाट खारिंदै आएको बिष्णु पौडेल जनमतलाई सधैं सम्मान गर्दै आगाडि बढ्छ ।’

जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा, कानुनी मर्यादा र अभिारालाई नभुल्ने स्पष्ट पारे। पौडेल रुपन्देहीको सैनामैनामा लालपुर्जा बांड्नेदेखि बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शिलन्यास लगायतका कार्यक्रममा सहभागी हुन रुपन्देही आएको नेकपाले जनाएको छ।