कृषिका योजना पुरा गर्न सरकार कटिबद्ध छ ः मन्त्रि पौडेल

प्रकाशित मिति:

कृषिको नमुना क्षेत्र बनाउने कार्यमा ठोस योजनाहरु ल्याउन सके सहयोग हुने कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभएको छ । उहाले कृषि विकासमा अहिलेको सरकार दत्तचित्त भएर लागेको सन्र्दभमा कृषि विकासका मुख्य योजनाहरुलाई सफल तुल्याउने बताउनुभयो । देवदहमा रहेको केरवानी माध्यमिक बिद्यालयले आयोजना गरेको बिद्यालय निरिक्षण कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनुभएको हो । मन्त्री पौडेलले देश विकासको मुख्य पाटो कृषिले नै ओगट्ने हुदा अब हरेक बिद्यालयमा कृषि विषयको पढाई हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव यामनारायण देवकोटाले केरवानी माध्यमिक बिद्यालयले उत्पादन बढाउनुका साथै बिद्यार्थीहरु दक्ष बनाउनतिर लाग्नुपर्ने बताउनुभयो । उहाले कृषि कार्यक्रम प्रयोजनको लागि विशेष तरिकाले लागेको बताउदै अबको विकास नै कृषिमय हुने बताउनुभयो । कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक दुर्गादत्त शर्माले बिद्यालयमा संचालन रहेको खेतिप्रणाली, बेर्ना उत्पादन र ल्यावलाई व्यवस्थित बनाउन नसकेको बताउनुभयो । उहाले सम्बन्धित निकायबाट आवश्यक सहयोग र समर्थन भए व्यवस्थित गर्न नसकेको प्रक्रियालाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलराज चापागाई, पशुपक्षी विकासका प्रमुख डा. प्रदिप शर्मा, पशु चिकित्सिक देविराम मरासिनी, बिद्यालयका सल्लहकार टिकाराम चापागाई, शिक्षक खेमानन्द ज्ञवाली लगायतले कृषि प्रणालीबाट हुने फाइदा तथा बिद्यालयको कृषि विभागमा रहेका समस्याहरुका बारेमा आ–आफ्ना भनाई राखेका थिए ।