वर्तमान सरकारका गतिविधिले लोकतन्त्र धरापमा  : काँग्रेस नेता भण्डारी

प्रकाशित मिति:

कौरव खत्री ,बाग्लुङ्ग १२ जेठ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले वर्तमान सरकारले दर्जनौँ अराजक गतिविधि अँगाल्दै लोकतन्त्रलाई धरापमा पार्न खोजिरहेको बताए ।  नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्र्तगत शुक्रबार ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा भएको बृहत सभालाई सम्बोधन गदै नेता भण्डारीले यस्तो बताएका हुन ।

साथै युवा नेता भण्डारीले सरकारले गरिरहेका नकारात्मक गतिविधिको भण्डाफोर गर्नका निम्ति प्रतिपक्ष दल नेपाली काँग्रेसले हिमाल, पहाड, तराइ मधेशमा तिन महिने राष्ट्रिय जागरण अभियान मार्फत पार्टीले जागरण कार्यक्रम अन्र्तगत जनताको घरदैलोमा पुग्ने र नेपाली काँग्रेस पार्टीलाई थप शसक्त बनाउँदै वर्तमान सरकारले गरिरहेका गलत क्रियाकलापबाट जनतालाई सजग बनाइरहेको बताए ।  साथै उनले वर्तमान दुइ तिहाइको नेकपा सरकारले जनताको समृद्धिका निम्ति अतिआवश्यक शिक्षा,स्वास्थ्य, स्वरोजगार जस्ता आवश्यकतालाई लत्याएर पानी जहाज र रेलको सपना मात्र देखाउने तर कार्यान्वयनमा जनताको मन जित्नेखालका कुनै योजना नलिएको आरोप लगाए ।

साथै उनले सरकारले प्रेस स्वतन्त्रता, नागरिकको लोकतान्त्रिक संस्कारलाई निमिट्यान्न पार्दे राणा शाशन जस्तै एकलौटी गर्न खोजिरहेको बताउँदै वर्तमान सरकारले जनताका निम्ति कुनै उपलब्धि नदिने टिप्पणी गरे । साथै उनले जनताको हक,अधिकार र अतिआवश्यक पूर्ण विकासको थालनी नेपाली काँग्रेस पार्टीले विगत देखि वर्तमान सम्म गरेको बताउँदै कम्युनिस्ट पार्टीले सँधै काँग्रेसको सिको गर्न खोज्ने तर काम फत्ते गर्न नसक्ने परिपाटी भएको बताउँदै कुरामात्रै बढि गरेर जनतालाई चकित पार्ने काम भएको बताए । साथै उनले नेपाली काँगे्रस पार्टीको सक्रियतामा सालझण्डी ढोरपाटन सडक, अर्नाकोट एयरपोर्ट, ढोरपाटन जलविधुत आयोजना लगायतका महत्वपूर्ण आयोजनालाई समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

कार्यक्रममा पुर्व सांसद तथा राज्य मन्त्री चम्पादेवी खड्काले वर्तमान सरकारले जनताका आवश्यकता भन्दा बढि रेल, पानी जहाज जस्ता गफमा व्यस्त रहेको बताउँदै आधारभूत आवश्यकतालाई ध्यान नदिएको आरोप लगाइन । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापती दिपेन्द्र बहादुर थापाले आफनो पार्टी जनताको पार्टी रहेको बताउँदै जनताको सुख दुख बुज्न जनताको घर आँगनमा जागरण अभियान सहित उपस्थित भएको बताए । यस्तै कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.२ सभापति दोर्णकुमार कुवँरले वर्तमान सरकारको खवरदारी गर्न नेपाली काँग्रेस गाउँ, टोलटोलमा आएको बताउँदै अव भष्टचारी , दलाल र जनताको हित विपरीत काम गर्नेलाई खवरदारी गर्ने बताउँदै लोकतन्त्रको विरुद्ध काम गर्ने जनताको नाममा झुटको खेती गर्नेलाई जनताले अव नछोड्ने बताए ।


आयोजित कार्यक्रममा पुर्व सांसद एवम नेपाली काँग्रेस महाधिवेश प्रतिनिधि नरबहादुर पुन (निरज), महाधिवेशन प्रतिनिधि सागर छन्त्याल, जित शेरचन, टेकराज पौडेल, सिँहबहादुर राना, सोम पौवी, नेपाली काँग्रेसको तर्फदेखि ढोरपाटन नगपालिका उपप्रमुखकी उम्मेदवार दिलमाया पौवी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगरपालिका अन्र्तगत विभिन्न वडाका एकदर्जन कार्यकर्ता विभिन्न पार्टी परित्याग गर्दे नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रमको विषयवस्तु बारे नेपाली काँग्रेस जिल्ला सदस्य तारानाथ पौडेलले प्रकाश पारेका थिए । कार्यक्रम ढोरपाटननगरपालिकाका नगर सभापति सालिकराम शर्माको अध्यक्षता तथा बानबहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।