अमेरिकामा जिपी फ़ाउण्डेशनको लैङ्गिक समानतामा अन्तर्क्रिया

प्रकाशित मिति:

अमेरिका,  । गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन अमेरिका शाखाले ‘लैङ्गिक समानता अfजको अfवश्यकता’ विषयमा अन्तर्क्रिया आयोजना गरेको छ ।  न्युयोर्कको ज्याक्सन हाईट स्थित आफ्नै कार्यलयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल महिला संघकी संस्थापक सदस्य भारती सिलवाल गिरीले नेपालमा छाउपडी कुप्रथाको अन्त हुनुपर्नेमा जोड् दिइन ।

मानव अधिकार संघ नेपाल र नेपाल मिडियाकी समेत सस्थांपक रहेका गिरी लैङ्गिक समानताकी विशेषज्ञ हुन । उनले महिला अघिकारका लागि महिला पुरूष हातेमालो गर्दै लाग्नु पर्नेमा जोड् दिइन । हिलारी क्लीन्टनको उदाहरण दिदै गिरीले अमेरिका जस्तो देशमा त अझै महिलालाई हेर्ने दृष्टिकोणमा फरक छ भने अन्यत्र के होला भन्दै प्रतिप्रश्न गरिन ।

यस्तै ‘अधिकार’ सस्थाकी निर्देशक नर्वदा क्षेत्री, फिलिपिनो-अमेरिकन नेत्री तथा वकिल लारा ग्रेगोरी, बङलादेश-अमेरीकन नेता, पूर्व राजदुत तथा फाउण्डेशनका मानार्थ सदस्य मोहम्मद रशिद, नेशनल एक्सन नेटवर्क नशाउ का अध्यक्ष ईमानुएल एस्से, सोसाइटी अफ नेपाल अामा अमेरिका की अध्यक्ष बिमला गुरुङ, नेपाली काँग्रेस महासमिति सदस्य बेद खरेल लगायतले महिला अधिकारका बारेमा आफ्नो धारणा राखेका थिए । फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष शुवर्ण लामा, केन्द्रीय सदस्यहरु सुश्री दावा शेर्पा, श्याम कार्की, प्रेम पौडेल, बिष्णु सिंह बैजु, शारदा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।  यस्तै मोडल डेजि शेर्पा, हरिस चन्द्र हमाल, अधिकारकर्मी एल्सी हर्नान्डेज, दावा शेर्पालामा, सुनिता हमाल, गिता हमाल, एन अार एन अभियन्ता बन्दना कोइराला, क्विन्स डेमोक्रेटिक पार्टीका फिल्ड डाइरेक्टर क्रीस्टोफर सेजा लगाएतले अन्तर्क्रियामा सहभागिता जनाएका थिए ।