मेक्सिकोमा हेलिकप्टर दुर्घटना ५ सैनिक सहित छ जनाको मृत्यु

प्रकाशित मिति:

एजेन्सी -मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिक सहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जनाएका छन् ।देशको उत्तरी क्वेरेतारो प्रदेशमा एमआई—१७ हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले जानकारी दिए । दुर्घटना अति दुर्गम क्षेत्रमा भएकाले थप र आधिकारिक विवरणहरु आउँन बाँकी रहेको जनाइएको छ ।

दुर्घटनाको खबरले हाफुलाई स्तब्ध बनाएको भन्दै राष्ट्रपति ओब्राडोरले घटनाप्रति शोक व्यक्त गरेका छन् ।