पेरुमा ८ रेक्टर स्केलको भुकम्प

प्रकाशित मिति:

पेरु । दक्षिण अमेरिकाको पेरुमा भुकम्पको झट्का महसुस गरिएको छ । युनाइटेड स्टेस्ट जियोलोजिकल सर्वेका अनुसार, भुकम्पको तिब्रता ८ रेक्टर स्केल मापन गरीएको छ ।

भुकम्पको केन्द्र मोयोबाम्बा शहरको पुर्वमा १८० किलोमिटर टाढा र जमीनको १०५ किलोमिटर मुनि रहेको छ । अहिलेसम्म कुनै पनि मानविय क्षती भएको विवरण सार्वजनिक भएको खबर आएको छैन । यो भुकम्पको झट्का ब्राजील, कोलंबिया र एक्वाडोरसम्म महसुस गरीएको थियो । थप विवरण आउन वाँकि छ । अमेरीकी एजेन्सि युएसजीएसका अनुसार भुकम्प विहान ७ बजेर ४१ मिनेटमा महसुस गरिएको थियो । भुकम्प राजधानि लीमा सहित पेरुको उत्तरी र मध्य क्षेत्रमा महसुस गरीएको थियो ।

अमरीका स्थित पेसिफिक सुनामी वार्निङ सेन्टरका अनुसार, सबै उपलब्ध आकडाके आधारमा सुनामीको कुनै पनि खतरा छैन किनभने भुकम्पको केन्द्र पृश्वीको जमिन मुनि गहिराइमा थियो ।