प्रदेश ५ को सरकारद्वारा पेश गरेको निति तथा कार्यक्रममाथीको दफावार छलफल जारी

१२ जेष्ठ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
28 Shares


बुटवल -प्रदेश ५ को सरकारले पेश गरेको निति तथा कार्यक्रममाथीको दफावार छलफल जारी छ । प्रदेश प्रम्ख उमाकान्त झाले जेठ ९ गते संसदमा पेश गरेको निति तथा कार्यक्रम माथी दफावार छलफल शुरु भएको हो ।

छलफलमा भाग लिदै नेपाली कांग्रेस ससदिय दलका उप नेता विरेन्द्र कनौडियाले सरकारले हचुवाका फरमा निति तथा कार्यक्रम ल्याएको आरोप लगाए । उनले नेपाली जनताको आधारभुत आवश्यकता पुरा गर्नुको सट्टा महत्वकाक्षी योजना ल्याएर जनता झुक्याउने काम भएको बताए ।सो अवसरमा वोल्दै सांसद भोज प्रसाद श्र?ेष्ठले निति तथा कार्यक्रम स्वभागिक भएपनि प्रदेश सांसदहरुलाई आवस्यक बजेट दिन भने चुकेको बताए । उनले जनप्रतिनिधिको हैसियतमा बजेट नदिएर अन्यास भएको उनको भनाई रहेको छ।,सो अवसरमा सत्तारुढ सांसदहरुले निति तथा कार्यक्रमको बचाउ गरेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले आलोचना गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया