रुपन्देहीको देवदहमा बदेलको आतंक , घरभित्रै पसेर आक्रमण

प्रकाशित मिति:

रुपन्देही -बाली नष्ट गरेर हैरान पारेको बदेल रुपन्देहीको देवदहमा घरभित्र पसेर आक्रमण गरेको छ । बदेलको अन्धाधुन्द आक्रमण गर्दा ३ जना घाईते भएका छन् । देवदह नगरपाकिा वडा नम्वर ७ यसोधरा पार्क नजिकै शितलनगरमा १२ जेठमा बदेलको आक्रमणमा परि ३ जना घाइते भएका छन ।

बदेलको आक्रमणमा परी स्थानीय काशिराम गैरे,उनकी श्रीमती र उनका छिमेकीलाई घरभित्रै पसेर आक्रमण गरेको हो ।एक्कासी वदेल भित्र पसेपछि भागभाग भएको स्थानिय यम रानाले जानकारी दिए । आक्रमणवाट घाइते तिनैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । दुध र तरकारीका लागि उभ्रर भुमी देवदहमा भर्खरै मुख्यमन्त्री कृषिजोन भनेर घोषणा गरिएको छ । तर छाडा पशु चौपाय सहित वदेल लगायतका जंगली जनावरका कारण किसानहरु भने आजित बनेका छन् ।