कपिलवस्तुमा पिकप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु-कपिलवस्तुको मायादेवी गाउँपालिका ८ बरपुरमा पिकप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाकडचौडाबाट पकडी तर्फ जादै गरेको लु १ च ४१७५ नं। को पिकप गाडी दुर्घटना हुदा विनोद चमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गाडीमा तीन जना सवार रहेकोमा एक जना घाइते भएका छन् । तिनको भारतमा उपचार भैरहेको बताइएको छ । चालक भने फरार छन् । गाडी के कति कारणले दुर्घटनामा परेको हो अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।