विद्युत आपूर्ती बन्दको विरोधमा नागरिकद्धारा विद्युत कार्यालय घेराउ

प्रकाशित मिति:

बिद्युत प्राधीकरणले पटकपटक बिद्युत आपूर्ती बन्द गरेको भन्दै सेवाग्रहीहरुले बिद्युत कार्यालय लुम्बिनी घेराउ गर्नुका साथै बिरोध प्रर्दशन गरेका छन ।

लुम्बिनी क्षेत्रका स्थानीयबासीहरुले बिद्युतप्राधीकरण लुम्बिनी शाखा बिरुद्ध बिद्युतप्राधीकरण घेराउ गरि बिद्युत आपूर्ति सुचारु गर्नका लागि मन्त्रीपरिषद तथा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र समेत बुझाएका हुन । आधाघण्टा कार्यालय घेराउ पश्चात सेवाग्रही तथा बिदुत प्राधीकरण बीच १५ दिन भित्र बिद्युत आपूर्ति सुचारु गर्न बिभिन्न नौ बूंदे लिखित सहमति जनाए पछि बिेरोध प्रदर्शन रोकिएको लुम्बिनी प्राधीकरण प्रमुख खगेन्द्र बिकले जानकारी गराए । बिद्युत प्राधीकरण प्रमुख बिकले बिद्युतको सबस्टेशनमा फिडर भित्र पानी जमे पछि बिद्युत सेवा अवरुद्ध भएको स्पष्ट पार्दै नया फीडर जडानका लागि माथिल्लो निकायमा जानकारी समेत गराएको बताए । सेवाग्रहीहरुको आन्दोलन प्रति एक्यबद्धता जनाउन बिधायक फकरुद्दीन खान र लुम्बिनी साँस्कृतिक नगर पालिका प्रमुख मनमोहन चौधरी ुसमेत प्रर्दशनमा सहभागिता जनाएका थिए ।