गृह मन्त्रालयका कर्मचारीमाथि हातपात

प्रकाशित मिति:

काठमाडौँ –सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेका छन् । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको ११ जनाको टोलीले कर्मचारी र घाइते अपाङ्गका प्रतिनिधिमाथि आक्रमण गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।द्वन्द्वका घाइते अपाङ्गलाई भत्ता, उपचार खर्चसहितको सुविधाको माग राख्दै केही समय पहिले उनीहरु अनसनमा बसेका थिए । त्यही माग सम्बोधन गर्न बनेको कार्यदलको बैठकमा कर्मचारीमाथि हातपात भएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।